भाइरल पोष्ट, चन्द्रनगर ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले निर्माणाधिन विद्यालय भवनको अनुगमन गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मदन बहादुुर थिङ्ग, सम्बन्धित वडाका वडाअध्यक्ष तथा अन्य कर्मचारीसहित अनुगमनमा पुग्नु भएका अध्यक्ष महतोले गाउँपालिकाको वडा नम्बर ६ मा निर्माणाधीन अवस्थामा रहेको मिरचीमान सिंह माध्यमिक विद्यालय भवनको अनुगमन तथा निरक्षण गर्नुभएको हो ।
अनुगमनको क्रममा बिममा ४ वटा छड प्रयोग गर्नुपर्नेमा २ वटा मात्र प्रयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ । त्यस्तै ढलानमा प्रयोग गरिएको गिट्टी उपयुक्त साईजको नरहेको पाइएपछि पालिका प्रमुख महतोले मापदण्ड अनुसारको गर्न र भवन निर्माण स्थलमा आयोजनाको लागतसहितको विवरण खुल्ने गरि सूचना टाँस गर्न समेत निर्देशन दिनुभएको छ ।