भाईरल पोष्ट, बरहथवा ।। न्वारनको भोज खाएर फर्किने क्रममा भएको कार दुर्घनामा परी सर्लाहीमा एक बालकको घटनास्थलमै ज्यान गएको छ भने अन्य सात जना घाईते भएका छन् ।
जिल्लाको धनकौल गाउँपालिका वडा नम्बर ५ स्थित छठीघाट पुलमा भएको दुर्घनामा परी रौतहटको वृन्दावन नगरपालिका ४ हरैया बस्ने ४ वर्षिय गम्भिर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना गएराति अन्दाजी १ बजेको समयमा भएको हो । दुर्घनामा परेको बिआर०५एआर५१३७ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई छठीघाट पुलबाट १५ फिट तल खसेको थियो । कारमा चालकसहित ९ जना सवार थिए ।
दुर्घटनापछि कारका चालक फरार रहेका छन् । कारमा सवार अन्य सात जना घाईतेहरुको बरहथवास्थित एडभान्स संजीवी अस्पतालमा उपचार भइरहेको छ ।
घाईते हुनेहरुमा वृन्दावन नगरपालिका ४ हरैयाका ७० वर्षिय महेन्द्र राय, सोही ठाउँका ४ वर्षिय अमित कुमार यादव, ६ वर्षिय अनिकेत यादव, १० वर्षिय गौतम कुमार यादव, १४ वर्षिय मिरा कुमारी यादव, १७ वर्षिय शोभा कुमारी यादव, ३२ वर्षिय जितेन्द्र कुमार यादव रहेका छन् ।
घाईतेमध्ये ७० वर्षिय महेन्द्र यादवबाहेक ६ जनालाई समान्य चोट लागेको छ । महेन्द्रको भने शरीरका विभिन्न भागमा चोट लाग्नुको साथै तिघ्रा भाँचिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधव प्रसाद बुढाथोकीले बताए ।