भाइरल पोष्ट, नवलपुर ।। हरेक पटक केही न केही नयाँ कार्य गरी जन्मदिन मनाउन सुरु गरेका सर्लाहीका यूवा कमल महतोले यसपटक भने मन्दिर परिसरमा वृक्षारोपण गरी आफ्नो २६औं जन्मदिन मनाएका छन् ।
अघिल्लो जन्मदिन जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृक्षाआश्रममा आश्रितहरुलाई मिष्ठान्न भोजन गराई मनाएका महतोले यसपटकको जन्मदिन भने नवलपुर बजारस्थित मन्दिर परिसरमा विभिन्न जातका विरुवा रोपेर मनाएका हुन् ।
श्रीमती र आफ्ना साथीहरुसँगै मन्दिर परिसर पुगेका महतोले हरियाली प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेको प्रतिक्रिया दिएका छन् ।
नेपाली काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य समेत रहेका महतोले केही फरक र नयाँ काम गरौं भन्ने लागेर नै हरेक जन्मदिनमा कुनै न कुनै नयाँ काम गर्ने गरेको बताए ।