भाइरल पोष्ट, हरिवन ।। तामाङ समुदायको लागि क्रियाशील संगठन नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
नगर अध्यक्ष साङ बहादुर लो(राजु) को अध्यक्षता तथा जयमान पाख्रिनको प्रमुख आतिथ्यतामा हरिवनस्थित सगुन सहकारी संस्थाको सभाहलमा एक कार्यक्रम गरी हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल), उपमेयर हरिमाया घलानलगायतलाई सम्मान पत्रबाट सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा मेयर उपमेयरसहित हरिवन १ का वडाअध्यक्ष टम बहादुर घिसिङ, २ का वडाअध्यक्ष अर्जुन योन्जन, ४ का वडाअध्यक्ष केशवराज थापा, ५ का नागेन्द्र कुमार साह, ६ का सन्तलाल लामा र ९ का कोकिलानन्दा उप्रेती रहनुभएको छ । सम्मान कार्यक्रममा हरिवन ३ का वडाअध्यक्ष दीपमान लोप्चन, ७ का वडाअध्यक्ष निरध्वज कार्की, ८ का प्रज्वल ढुंगाना, १० का शम्भु मैनाली र ११ का शेख मेहबुब रेजा भने उपस्थित हुन सक्नु भएन ।
तामाङ समुदायको हकहितमा नव निर्वाचित जनप्रतिनिधिहरुले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै वक्ताहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।