भाईरल पोष्ट, बयलवास ।। सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले वियर फ्याक्ट्रीमा काम गर्ने क्रममा करेण्ट लागेर ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई रु.५१ हजार सहयोग गर्नुभएको छ ।
नगरकै वडा नम्बर ७ मा रहेको स्कट एण्ड स्कट वियर कम्पनीमा काम गर्ने ईश्वरपुर ९ का ४० वर्षिय मनोज चौधरीको परिवारलाई सदगद तथा किरिया खर्च स्वरुप रु.५१ हजार उपलब्ध गराउनु भएको हो ।
सो घटनालाई नजिकबाट नियाल्नुभएका मनकारी मेयर आचार्यले बिहीबार मृतकको घरमै पुगेर मृतकको बुवा भोला चौधरीलाई भेटी सदगद तथा किरीया खर्च स्वरुप रु.५१ हजार सहयोग गर्नुभएको हो । उहाँले मृतक मनोज चौधरीको एक छोरा र एक छोरीलाई निःशुल्क शिक्षा दिने घोषणा समेत गर्नुभएको छ ।
त्यस्तै उहाँले मृतक छोरालाई रोजगारी दिने बचन समेत दिनुभएको मृतक मनोज चौधरीको बुवा भोला चौधरीले बताउनुभयो । मेयर आचार्यले मृतक चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्बेदना समेत प्रकट गर्नुभएको थियो ।
हुन त मेयर आचार्य मेयर हुनुअघि नै मानवीय तथा सामाजिक कार्य गरेर नगरवासीको मनमुटुमा बस्न सफल भई सक्नुभएको थियो । मेयर भईसकेपछि पनि उहाँले केही दिन अघि एक विद्यालयलाई व्यक्तिगत खर्चमा कम्प्यूटर लगायतका समाग्री सहयोग गर्नुभएको थियो । अहिले फेरी स्वर्गिय मनोज चौधरीको परिवारलाई गरेको सहयोगले मेयर आचार्यको चर्चा थप चुलिँएको छ ।
मेयरको पदभार सम्हालेको दिनदेखि नै एकपछि अर्को महत्वपूर्ण काम गर्नुभएका मेयर आचार्य साँच्चै नै जनताप्रति बफादार हुनुहुन्छ भन्ने कुरा उहाँले क्रमशः पुष्टी गर्दै लग्नुभएको नगरवासीहरुले बताउन थालेका छन् ।