भाइरल पोष्ट, लालबन्दी।। सर्लाहीको लालबन्दीमा स्कील्स कार्यक्रम सम्बन्धी कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।
विदेशबाट फर्किएका यूवाहरुलाई उनीहरुको क्षमताको पहिचान गरी स्वरोजगार बनाउने विषयमा आयोजित कार्यशाला गोष्ठीको सामाजिक रुपान्तरणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था यूएनडिपीले आयोजना गरेको हो । लालबन्दीस्थित नमस्ते होटलको सभाहलमा भएको कार्याशाला गोष्ठी लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको अध्यक्षतामा भएको थियो ।
कोरोना महामारीसहित विभिन्न कारणले विदेशबाट फर्किएका र रोजगार गुमाएका नागरीकलाई उनीहरुको सीप पहिचान गरी कसरी स्वरोजगार बनाउन सकिन्न भन्ने विषयमा कार्यशालामा छलफल भएको थियो । सो क्रममा स्कील्स कार्यक्रमको उदेश्य, यसले गर्ने काम, सञ्चालन गर्ने तालिम लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो । स्कील्स कार्यक्रमका मधेश प्रदेश संयोजक दिपक साहशंकरले सहजीकरण गर्नुभएको कार्यक्रममा विदेशबाट फर्किएका यूवाहरु सहभागि थिए ।
त्यस्तै कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिना, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, पूर्व अध्यक्ष बाबुकाजी प्रधान, संस्थापक अध्यक्ष दिनबन्धु थापा, महिला नेतृ सानु पाख्रिन, पवित्रा घिमिरे लगायतको उपस्थिति रहेको लालबन्दी नगरपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता समीर सुवेदीले जानकारी दिनुभयो ।