भाईरल पोष्ट, मलंगवा ।। प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला सोनवर्षा ग्राम पञ्चाय वार्ड नम्बर २ का विश्वनाथ महतो रहेका छन् ।
प्रहरीले उनलाई आईतवार दिउँसो भारतको सोनवर्षाबाट नेपालको ब्रम्हपुरी गाउँपालिका वडा नं.४ त्रिभुवननगर तर्फ विआर३०ई ३९१४ नम्बरको को डिस्कभर मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेको महतोको साथबाट प्रहरीले ७ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।
उनलाई शंका लागि शरीर तथा मोटरसाईकल समेतको चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनी रहेको ब्याट्रीबक्स भित्रबाट एक हजार दरको प्रत्येक थानमा १००÷१०० वटा नोट भएको चार थान र पाँच सय दरको प्रत्येक थानमा १००÷१०० वटा नोट भएको सात थान गरि जम्मा ७ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।