अम्बिका बुढाथोकी, लालबन्दी ।। महिला अधिकारकर्मी रम्भा कुमारी काफ्ले(रमा) मेची–महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशको सह–संयोजक चयन हुनुभएको छ ।
उक्त संस्थाको सर्लाही जिल्ला संयोजक समेत रहनुभएकी काफ्ले मधेश प्रदेश सह–संयोजक चयन हुनुभएको हो । संयोजकमा भने रौतहटकी पूजा पाठक यसअघि नै चयन भईसक्नु भएको छ ।
सो संस्थाको केन्द्रीय समितिले काफ्लाई प्रदेश सह–संयोजकमा चयन गरिएको पत्र मार्फत जानकारी गराएको छ । संस्थाकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले काफ्लेलाई जेठ २२ गते(आज)देखि नै लागू हुनेगरी सह–संयोजक तोकिएको जानकारी दिनुभएको छ ।
सह–संयोजक काफ्ले विगत लामो समयदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी महिला नेतृ हुनुहुन्छ । मेची–महाकाली बुहारी संयुक्त आवाजमा आवद्ध भएदेखि नै उहाँ बुहारी, महिला तथा बालबालिकाको पीडामा मल्हम बनि सक्नुभएको छ ।
सर्लाही जिल्लामा बुहारी संयुक्त आवाजको संगठन विस्तारदेखि विभिन्न जिल्लाहरुमा पुगेर समेत उहाँले बुहारीहरुको संगठन विस्तार तथा निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ ।
मेची–महाकाली बुहारी संयुक्त आवाज एउटा विशुद्ध सामाजिक संस्था हो । मेचीदेखि महाकाली सम्म छरिएर रहेका बुहारीहरु यस संस्थामा आवद्ध छन् । बुहारीसहित महिला तथा बालबालिकाको हकहितमा काम गर्ने यस संस्थाको उदेश्य रहेको छ ।
बुहारी संयुक्त आवाज सर्लाहीमा पनि झण्डै डेढ वर्ष अघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भई क्रियाशील रहेको छ ।