भाईरल पोष्ट, रामनगर ।। नेकपा माओवादी केन्द्रबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएका जिल्लाकै कान्छा अध्यक्ष राजाबाबु यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मान गर्नुभएको छ ।
२२ वर्षकै उमेरमा गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा विजयी हुनुभएका राजाबाबुलाई काठमाडौं गएको अवसर पारी अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको हो ।
प्रचण्डले राजाबाबुलाई आफ्नै निजि निवासमा बोलाई शनिवार सम्मान गर्नुभएको राजाबाबुको निजि सचिवालयले जनाएको छ । सर्लाही क्षेत्र नम्बर ४ मा २ पालिकामा माओवादीले जितेको र त्यो जितमा राजाबाबुको अहम भुमिका भएकाले पार्टीको साख जोगाउने काम राजाबाबुले गरेकोले भन्नुहुँदै प्रचण्डले सम्मान गर्नुभएको हो ।
सर्लाहीमा नेकपा माओवादीले ४ पालिका जितेको छ ।