भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको लालबन्दी नगरपालिका १० मा रहेको श्री आधारभुत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
नवगठित समितको अध्यक्षमा लालबन्दी १० का शिक्षा प्रेमी यूवा हेम बहादुर पाख्रिन(उदय) अध्यक्षमा चयन हुनुभएको छ ।
शनिवार भएको अभिभावक तथा शिक्षकहरुको भेलाले पाख्रिनलाई अध्यक्षमा चनय गरेको हो । भेलाले अध्यक्षमा पाख्रिनसहित सदस्यहरुमा मोहन बहादुर पाख्रिन, चेत कुमारी विक, हेम बहादुर गोले, फुलमाया मोक्तान, सरीता लामा, रामु तामाङ्गलाई सदस्यमा चयन गरेको छ ।
त्यस्तै भेलाले शिक्षिका अन्जु कुमारी ढकाललाई शिक्षक प्रतिनिधि सदस्य चयन गरेको समितिका सदस्य सचिव एवम् प्रधानाध्यापक गोपाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।