भाईरल पोष्ट, लालबन्दी ।। विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको लालबन्दी सेसीजले शनिवार लालबन्दीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १३० जनाले रक्तदान गरेका छन् ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुल आस्था र शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ भन्ने मुख्य ध्येयका साथ स्थापना भएको लालबन्दी जेसीजले स्थपनासको समयदेखि नै यहाँ रक्तदान विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
शनिबार विहानैदेखि सुरुभएको रक्तदान कार्यक्रम दिनभर चलेको थियो । सो क्रममा ११८ जना पुरुष र १२ जना महिला गरी १३० जनाले रक्तदान गरेको लालबन्दी सेसिजका अध्यक्ष जेसि सन्तोष पौडेलले जानकारी दिनुभयो ।
जेसी पौडेलका अनुसार लालबन्दी सेसीजले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी जनकपुर, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दी, लालबन्दी लायन्स क्लव, एजुकेशन माइन्स लालबन्दी, जेसिजको मातृ शाखा चपुर जेसीज, इलाका प्रहरी कार्यलय लालबन्दी, सेन्ट्रल फाइनन्स लालबन्दी लगायतले सहयोग गरेका थिए ।
लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको रक्तादान कार्यक्रममा उपप्रमुख कल्पना पाख्रिन, वडा नम्बर ७ का वडाअध्यक्ष कृष्ण कार्की (गोपाल), लालबन्दी जेसीजका सस्थापक अध्यक्ष जेसी किरण घिमिरे, कार्यक्रम सम्योजक जेसी कुमार घिमिरे, लालबन्दी जेसीज वर्ष २०२२ का पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको रक्तदान कार्यक्रमका संयोजक राजकुमार न्यौपानेले बताउनुभयो ।