भाईरल पोष्ट, लालबन्दी ।। राष्ट्रिय प्रजातन्त्र पार्टी लालबन्दीले लालबन्दीमा सम्पर्क कार्यालय खोलेको छ । पछिल्लो समय सर्लाहीमा पनि झाँगिदै गएको राप्रपाले जिल्लाको लालबन्दी नगरपालिका ६ मा पार्टी कार्यालय खोलेको हो ।
पार्टी कार्यालयको विहिबार एक भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको थियो । पार्टीका गतिविधिलाई शसक्त रुपमा अघि बढाउन सम्पर्क कार्यालय आवश्यक भएको भन्दै पार्टी कार्यालय स्थपना गरिएको सो पार्टीका लालबन्दी नगर अध्यक्ष गंगा प्रसाद चौलागाईले बताउनुभयो ।
नगरअध्यक्ष चौंलागाईकै अध्यक्षता तथा सो पार्टीकी लालबन्दी नगरपालिकामा उपप्रमुखकी प्रत्यासी संगिता कुमारी खतिवडा(दाहाल) लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पार्टी कार्यालय उद्घाटन गरिएको अध्यक्ष चौलागाईले बताउनुभयो ।
पछिल्लो समय देशभर जस्तै सर्लाहीको लालबन्दीमा पनि राप्रपाले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । आफूलाई वैकल्पिक शक्ति दाबी गरिरहेको राप्रपाले लालबन्दीमा पार्टीको संगठनलाई वडावडामा विस्तार गरी पार्टीलाई नै सुदृढ बनाउँदै लगिने बताएको छ ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रमको सञ्चालन गर्नुभएका यूवा अभियन्ता रामकुमार बुढाथोकीले राप्रपा पछिल्लो समय नेपाली जनताको रोजाईमा परेको बताउनुभयो । उहाँले देश, माटो र धर्मको रक्षाका लागि भन्दै पार्टी शसक्त रुपमा अघि बढिरहेकोले लालबन्दीवासीले समेत पार्टीप्रति विश्वास गरेको बताउनुभयो ।