भाईरल पाेष्ट, लालबन्दी ।। लाेकतान्त्रिक समाजवादी पार्टी लालबन्दी नगर समितिले लालबन्दी नगरप्रमुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नगर अध्यक्ष सुनिल कुमार साह(भान्जा) नेतृत्वकाे टाेलीले नगरप्रमुख बासुदेव अधिकारीलाई उहाँकै कार्यकक्षमा भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नगर अध्यक्ष साहले लालबन्दी नगरपालिका व्यवस्थित नहुँदा जनताले दु:ख पाएकाे भ्नदै अाफुहरुले नगरप्रमुखकाे ध्यानाकर्षण गर्न पत्र बुझाएकाे बताउनु भयाे ।
उहाँले लालबन्दी तरकारी बजारलाई व्यवस्थित बनाउन, बजारका विभिन्न स्थानमा भएका साेलार बत्तीको मर्मत सुधार गर्न, अंग्रेजी शिक्षाकाे नाउँमा नगरका सामुदायिक विद्यालयहरुले चर्काे शुल्क उठाएकाे विषयमा जवाफ दिन नगरप्रमुखकाे ध्यानाकर्षण गराएकाे बताउनु भयाे । उहाले अाफुले ति विषयहरुमा विगतमा पनि पटक-पटक ध्यानाकर्षण गराएकाे तर अघिल्ला जनप्रतिनिधिले सुधार नगरेकाेले हालका मेयरले अाफ्ना मागहरु सम्बाेधन गर्ने अाशा राखेकाे बताउनुभयाे ।
ध्यानाकर्षण पत्र बुझ्नुहुँदै नगरप्रमुख बासुदेव अधिकारीले ति विषयमा अाफ्नाे ध्यानाकर्षण भएकाे बताउनुभयाे । उहाँले जनताका समस्या समाधान गर्नमा नगरपालिका गम्भीर रहेकाे बताउनु भयाे ।