भाईरल पाेष्ट, ईश्वरपुर ।। सर्लाहीको ईश्वरपुर ४ स्थित सागरनाथ मन्दिरमा चाेरी भएकाे छ ।
मन्दिरकाे दक्षिण तर्फकाे वाल फाेडेर चाेरी भएकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमल मैनालीले जानकारी दिनुभयो ।
अध्यक्ष मैनालीका अनुसार चाेरले मन्दिरमा रहेकाे दानपेटिका, चादिका करुवासहित एक सवा लाख मुल्य बरावरकाे सामान चाेरी भएकाे छ ।
‘राती कतिवेला चाेरी भएछ, विहान पुजारी पुजा गर्न जाँदा मात्रै चाेरी भएकाे थाहा पाएर मलाई फाेन गर्नुभयाे । अहिले प्रहरी अाएर के कति चाेरी भएकाे हाे भनेर मुचुल्का गर्दैछन् ।’ मन्दिर व्यवस्थापन समितका अध्यक्ष मैनालीले भने, ‘मन्दिर जस्ताे पवित्र स्थलमा चाेरी गर्नेलाई फलिफाप हुँदैन ।
स्थानीयले दिएकाे जानकारी अनुसार मन्दिरकाे वाल भित्रैवाट फाेडिएकाे जस्ताे देखिएकाे छ । प्रहरीले भने घटनाकाे अनुसन्धान भईरहेकाेले अहिले नै केही भन्न नसकिने बताएकाे छ ।