भाइरल पोष्ट, हरिवन ।। वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको नालापानी नाम चलचित्र सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ ।
नेपाली वीरताको गाथा संसारभरका मानिसहरुले थाहा पाउन भन्ने उदेश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाई देखाइएको हो ।
चलचित्र बुधबार पनि देखाईनेछ । बुधबार हरिवन स्थित सगुन शिक्षा सहकारी, ज्ञानज्योती इंलिस बोडिङ स्कुल र डनिङ्ग फ्यूचर ईङलिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुमाझ देखाईने कार्यक्रम रहेको आयोजकलाई उदृत गर्दै हरिवनबाट पत्रकार राजु लो ले जानकारी दिएका छन् ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र नेपाली सेनाको ईतिहास, वीर बलभद्र कुँवर र नालापानीका नायक विर बलभद्र कुँवर नामक पुस्तकका आधारमा निर्माण गरिएको हो । तीमध्ये वीर बलभद्र कुँवर र नालापानीका नायक वीर भलभद्र कुँवर नामक पुस्तक बलभद्रका पाँचौं पाँचौं सन्तान रामराजा कुँवरले लेखेका हुन् । कुँवरकै सन्तानले लेखेको पुस्तकको आधारमा चलचित्र तयार गर्नुको उदेश्य भनेकै नेपाली वीरताको सत्य घट्ना बाहिर ल्याउनु भएको निर्माण पक्षले दावी गरेको छ ।
नेपाल चलचित्र विकास बोर्डबाट विशेष चलचित्र २०२० भनेर स्पेशल एवार्ड पाएको सो चलचित्रमा नेपाली वीरताका गाथा, नेपाली सेनाको ईतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरुले पनि हेर्नुपर्ने निर्माण पक्षको दावी छ ।
चलचित्रमा वीर योद्धा बलभद्र कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।