भाइरल पोष्ट, गोडैता ।। सर्लाहीको गोडैता नगरपालिकामा नगरकार्यपालिका सदस्यको चुनाव सम्पन्न भएको छ । चुनावमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेका छन् । नगरकार्यपालिका सबै सदस्य पदमा गठबन्धनका उमेदवारहरु नै विजयी भएका हुन् ।
८ जना कार्यपालिका सदस्यका लागि भएको चुनावमा गठबन्धनको एमालेले ४ सिट जितेको छ भने माओवादी र काँग्रेसले दुई दुई सीट जितेका छन् । एमालेबाट विजयी हुनेहरुमा जाकिर हुसैन, शुशिला कुमारी, सुनिता कुमारी र सितादेवी महरा रहेका छन् । त्यसैगरी नेपाली काँग्रेसबाट सितादेवी हजारी र पुनिता देवी तथा माओवादी केन्द्रबाट सुनितादेवी हजारी र सा महम्मद रहेका छन् ।
नगरकार्यपालिका सदस्य निर्वाचन सकिएसँगै गोडैतामा चुनावी प्रक्रिया सकिएको छ । गोडैताको मेयर लोकतान्त्रिक समाजवादीबाट देवेन्द्र कुमार यादव र उपमेयर पनि लोकतान्त्रिक समाजवादीकै अन्जना कुशवाहाले जितेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टीले त्यहाँ मेयर उपमेयरसहित ५ ओटा वडा जितेको थियो ।
त्यसैगरी एमालेले ३ ओटा वडा जित्दा माओवादी र काँग्रेसले समान २ ओटा वडा जितेका थिए ।