भाइरल पोष्ट, हरिपूर्वा ।।
सर्लाहीको हरिपूर्वा नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचनमा काँग्रेस र जसपाले गठबन्धन गरी पद बाडेका छन् ।
८ जना कार्यपालिका सदस्यका लागि भएको चुनावमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले गठबन्धन गरी ४÷४ पद बाडेका हुन् ।
३ जना दलित तथा अल्पसंख्यक नगरकार्यपालिका सदस्यमा कांग्रेसबाट शम्भु साह सोनार, जसपाबाट राजिव ठाकुर र राजदेव धोवी चयन भएका छन् भने महिलाबाट सदस्यमा कांग्रेसकी जैलस देवी चमार, मनतोरिया कुमारी र गीताकुमारी देवी तथा जसपाबाट देवकला माझी मुसहर र उषा कुमारी चयन भएको त्यहाँका निर्वाचन अधिकृत शंकरराज लुईटेलले जानकारी दिए ।
योसँगै हरिपूर्वामा निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हरिपूर्वामा मेयर उपमेयरसहित नेपाली काँग्रेसले कुल ९ मध्ये ३ ओटा वडा जितेको छ भने जसपा र लोसपाले पनि समान ३÷३ ओटा वडाजितेका छन् ।