भाइरल पोष्ट, बलरा ।।
सर्लाहीको बलरा नगरपालिकामा नगरकार्यपालिकाको सदस्य निर्वाचन बुधबार हुनेभएको छ । निर्वाचनमा नगरकार्यपालिका सदस्यका लागि माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल हुने भएको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य श्रीचन यादव र कांग्रेस सर्लाही क्षेत्र नं ४ (ख) का प्रदेश सभापति अशोककुमार सिंहको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले साझा उम्मेदवारकोसमेत छनौट गरेको छ । महिला सदस्य उम्मेदवारमा माओवादी केन्द्रका तर्फबाट भागिया देवी पासवान र जयकली देवी पासवान रहेका छन् भने कांग्रेसका तर्फबाट बालकेसी देवी पासवान, शुसिला देवी पासवान र प्रमिला देवी पासवान रहेका छन् ।
त्यस्तै, दलित तथा अल्पसंख्यक उम्मेदवारहरुमा माओवादी केन्द्रका तर्फबाट अजादकुमार सिंह र विरेन्द्र साह रहेका छन् भने कांग्रेसबाट कौभल किमोर सिंह रहेका छन् ।
सो क्षेत्रका चुनावी कमाण्डरसमेत रहेका नेता यादवको सक्रियतामा चुनावी तालमेल गर्ने सहमति जुटेको हो । उनकै सक्रियतामा यसपटक बलरा नगरपालिकाको प्रमुख–उपप्रमुखमै माओवादी केन्द्र विजयी भएको थियो ।