भाइरल पोष्ट, हरिपूर्वा ।।
सर्लाहीको हरिपूर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै मेयर साहले विपन्नलाई निःशुल्क एम्बुलेन्ससेवासहित सुत्केरीलाई ४ हजार भत्ता दिने जस्ता लोकप्रिय र महत्वपूर्ण निर्णयहरु गर्नुभएकोछ ।

सोमबार नै पद तथा गोपनीयताको सपथ लिईसक्नु भएका मेयर साहले शुक्रबार उपयुक्त मुर्हुत पारी पदभार ग्रहण गर्नुहुँदै नगरका विपन्न तथा असहाय व्यक्तिहरुका लागि एम्बुलेन्ससेवा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ । त्यस्तै उहाँले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको सुविधामा थप तीन हजार थप गरेर ४ हजार पु¥याईने निर्णय गर्नुभएको छ ।
नगरप्रमुखले निर्णय सुनाउँदै भन्नुभयो,‘हरिपूर्वा नगरपालिकालाई नमूना नगरपालिका बनाउने उदेश्यका साथ हामीले नगरभित्रका विपन्न तथा असहया व्यक्तिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेकाछौं । त्यसैगरी नगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको सुविधामा थप तीन हजार रुपैयाँ थपेर दिने निर्णय गरेकाछौं ।’
त्यस्तै नगरपालिकाको वडा नम्बर २मा निर्माण भएको १५ सैंयाको अस्पताल तुरुन्त सञ्चालनमा ल्याई नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय पनि नगरप्रमुख मेयर साहले गर्नुभएको छ ।
नगरप्रमुख साहले जन्मदर्ता र मृत्यु दर्तालाई पनि निःशुल्क बनाउने घोषणा गरेर अर्को महत्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले जन्म तथा मृत्यु दर्ता गर्दा एकरुपैयाँ पनि पैसा तिर्नु नपर्ने सुविधा नगरवासीलाई उपलब्ध गराईने बताउनुभयो ।
उहाँले आफूले चुनावअघि प्रतिबद्धता गरेअनुसार र जनताको चाहानाअनुसारको काम आफूले क्रमशः गर्दै जाने र हरिपूर्वा नगरपालिकालाई नमूना नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले सो कार्यमा सहयोग गर्न सबै नगरका सबै दलका प्रतिनिधि, नागरीक समाज, वुद्धिजीवी, समाजसेवी, युवा तथा महिला सज्जन सबैलाई आग्रह गर्नुभएको छ ।