भाइरल पोष्ट, हरिवन ।। पदभार ग्रहण गर्दै सर्लाहीको हरिवन नगरपालिका ३ का वडाअध्यक्ष दिपमान लोप्चनले वडाभित्रका जेष्ठ नागरीक तथा दीर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
दोश्रो कार्यकालका लागि वडाअध्यक्षमा जित्नु भएका वडाअध्यक्ष लोप्चनले बिहीबार पदभार ग्रहण गर्नुहुँदै वडाभित्रका जेष्ठ नागरीक तथा दीर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने, वडाका स्वास्थ्य स्वयमसेविकाहरुलाई एक/एक थान रेडियो र मोवाईल सेट खरीद गरेर दिनेसहित विभिन्न ४ ओटा निर्णय गर्नुभएको हो ।
त्यस्तै २० यूनिटसम्म विद्युत खपत गर्ने घरधुरीको विद्युत महसुल वडा कार्यालयले नै तिरीदिने निर्णय महत्वपूर्ण निर्णय पनि वडाअध्यक्ष लोप्चनले गर्नुभएको छ ।
पहिलो कार्यकालमा पनि वडामा उत्कृष्ट काम गर्नुभएका वडाअध्यक्ष लोप्चनले दोश्रो कार्यकालका लागि पदभार सम्हाले लगतै जनपक्षीय निर्णय गर्नुभएको वडावासीले बताएका छन् ।
अघिल्लो पटक वडाअध्यक्ष हुँदा उहाँले करोडबढी मूल्य पर्ने निजी जग्गा वडाको खानेपानीको लागि दिनुभएको थियो । त्यस्तै उहाँले डाबरी बजारमा रहेका सुकुम्वासीहरुलाई व्यवस्थित ठाउँमा बसाउनुभएको थियो भने वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन र स्वास्थ्य चौकी भवन समेत बनाउनुभएको थियो ।
अघिल्लो चुनावमा स्वतन्त्रबाट वडाअध्यक्ष जित्नु भएका वडा अध्यक्ष लोप्चन यसपटक भने नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएको हो ।