भाइरल पोष्ट, मलंगवा
मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यालवले पदभार ग्रहणकै दिन ५ वटा निर्णय गर्नुभएको छ ।
मेयर यादवले पदभार ग्रहण गरे लगत्तै नगरपालिकालाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लाको सबैभन्दा पुरानो र पहिलो नगरपालिका सदरमुकाम मलंगवा बजारलाई तुरुन्तै फोहर र हिलो मुक्त गर्न मेयर यादवले कर्मचारीलाई निर्देशन दिनुभएको छ । त्यस्तै लामखुटटे मार्न औषधी छर्किन पनि मेयर यादवले निर्देशन दिनुभएको छ ।
कुनै पनि सेवाग्राहीले पालिकाबाट दुःख भोग्न नपरोस्, सबैले सुशासनको अनुभुती गरोस् यदी कुनै पनि नागरिकले यसः पालिकाबाट दुख पाएको गुनासो आएको खण्डमा तुरुन्तै कार्वाही गर्ने चेतावनी दिंदै उहाँले जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देश दिनुभएको छ ।
नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारलाई छिटै निःशुल्क स्वास्थ्य विमा गर्ने पनि उहाँले बताउनु भयो । आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन छात्रवृत्ति जस्ता कार्यक्रम पनि संचालन गर्ने उनले बताए ।