भाइरल पोष्ट, वीरगंज ।। मुख्यमन्त्रीको श्रीमती भन्दैमा भोट आउने भन्ने हुँदैन भन्ने कुरा मधेश प्रदेशमा पुष्टी भएको छ । यहाँका जनताले मुख्यमन्त्री नै भएपनि राम्रो काम नगरेसम्म भोट दिन हुँदैन भन्ने कुरा बुझेका छन् ।
यसैक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन स्थानीय चुनावमा पराजित भएकी छिन् । उनी जनता समाजवादीबाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी थिइन् । खातुनलाई कांग्रेसकी बविता सिंहले पराजित गरेकी छिन् । सिंहले ५ हजार ५३१ मत ल्याएर विजयी भएकी छिन् । खातुनले २३ सय ३१ मत प्राप्त गरेकी छिन् ।
उक्त गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादव पनि पराजित भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त यादव विजयी भएका छन् ।