नेपाली काग्रेसले टिकट नदिएपछि लोकतान्त्रिक समाजबादी पार्टी बाट उम्मेदबार बनेकी कौशिल्या देवी ०७४ मा निर्वाचित नगरप्रमुख सन्तोष मेहता लाई ९ सय ७५ मतान्तरले हराउदै निर्वाचित भईन् । उपप्रमुखमा मोहम्मद परवेजले ५ हजार ७ सय ४९ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनीहरुको नीकटतम प्रतिद्वन्दीमा नेकपा एमालेको तर्फ बाट नगरप्रमुखमा सन्तोष मेहताले ५ हजार ३ सय ७ र उपप्रमुखमा हुसेन आराले ५ हजार ९७ मत प्राप्त गरेका छन् । पूर्व मन्त्री प्रभु साहकी श्रीमती रीना देवी दोस्रो पटक नगरप्रमुख पदमा निर्वाचित भएकी हुन् ।
उनले नेकपा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदबार राम प्रबेश राय यादब लाई २ हजार ५ सय २ मतले हराउदै निर्वाचित भएकी हुन्। मत परिणाम सार्वजनिक हुँदा अघिल्लो निर्वाचनमा पराजित गरेका गौर नगरपालिकाका प्रमुख अजय गुप्ता लाई यसपटकको निर्वाचनमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार शम्भु साहले पराजित गरेका छन् ।
यस्तै राजदेवी नगरपालिकाको निर्बाचनमा समेत अघिल्लो निर्वाचनमा पराजित भएका नेकपा एकिकृत समाजवादीका उम्मेदवार भिखारी रायले नै नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र सिंहलाई पराजित गरेका छन्। उता अघिल्लो निर्वाचनमा निर्वाचित ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता यसपटकको निर्वाचनमा पराजित भएका छन् ।