सोम दियाली, लालबन्दी ।। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीमा पनि लगभग सबै पालिकाको नतिजा सार्वजनिक भईसकेको छ । जिल्लाका २० पालिका मध्ये बरहथवा नगरपालिकाबाहेक ९ गाउँपालिका र १० ओटा पालिकाको नतिजा सार्वजनिक भइसेको हो ।
परिणाम अनुसार सर्लाहीमा नेपाली काँग्रेस सबैभन्दा बढी पालिका जितेर पहिलो पार्टी भएको छ । काँग्रेसले ६ ओटा गाउँपालिका र ६ ओट नगरपालिकामा गरी १२ ओटा पालिकाको प्रमुख जितेको छ । उपप्रमुखमा पनि काँग्रेसले ५ ओटा गाउँपालिका र ६ ओटा नगरपालिका गरी ११ ओटामा जित निकालेको छ ।
त्यस्तै जिल्लामा दोश्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले ४ ओटा पालिकाको प्रमुख जितेको छ भने जनता समाजवादी पार्टीले २ तथा लोकतान्त्रिक समाजवादी पार्टीले एउटा पालिकामा जित निकालेको छ ।
नेकपा एमाले भने यो पटक जिल्लामा शून्य जस्तै भएको छ । बरहथवामा मत गणना भइरहेकोले त्यहाँ एमाले जित्ने बलियो सम्भावना छ । बरहथावा जिते एमाले शून्य हुनबाट जोगिनेछ ।
यता समाजवादी पार्टी भने शून्य नै भएको छ । उसले जिल्लामा केही वडाहरुबाहेक कुनै पनि पालिकाको प्रमुख र उपप्रमुखमा विजयी हासिल गर्न सकेन ।
दलहरुले जितेको पालिका र तिनका प्रमुख उपप्रमुख यस प्रकार छन् ।
नेपाली काँग्रेसले जितेको पालिका, प्रमुख र उपप्रमुख
१.मलंगवा प्रमुख नागेन्द्र कुमार यादव, उपप्रमुख शकुन्तलादेवी साह
२.लालबन्दी प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पना पाख्रिन
३.ईश्वरपुर प्रमुख मनोज कुमार आचार्य, उपप्रमुख रंजितादेवी चौधरी
४.हरिपुर प्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी राय यादव,
५.कविलासी प्रमुख ब्रह्मदेव राय, उपप्रमुख पुनम कर्ण
६.हरिपूर्वा प्रमुख विनोद कुमार साह, उपप्रमुख सुमित्रादेवी गुहार्नी
७.पर्सा प्रमुख धिरेन्द्र राय, उपप्रमुख नूतन देवी
८.ब्रह्मपुरी प्रमुख रामपदारथ साह, उपप्रमुख श्यामकला यादव
९.धनकौल प्रमुख राम आश्रय साह, उपप्रमुख अकली सहनी
१०.कौडेना प्रमुख रुपेश कुमार, उपप्रमुख नगिनादेवी
११. विष्णु प्रमुख जवाहर लाल यादव, उपप्रमुख उषादेवी
१२.चन्द्रनगर प्रमुख राजकुमार महतो
माओवादी केन्द्रले जितेको पालिका र प्रमुख उपप्रमुख
१.बलरा प्रमुख रामाशंकर कुशवाहा, उपप्रमुख कोशिला देवी
२.बागमती प्रमुख भरत कुमार थापा, उपप्रमुख लिला कुमारी मोक्तान,
३.रामनगर प्रमुख राजाबाबु यादव, उपप्रमुख गीतादेवी
४. हरिवन प्रमुख रमेश कुमार बुढाथोकी(कमल), चन्द्रनगर उपप्रमुख गीतादेवी महतो
जनता समाजवादी पार्टीले जितेको पालिका, प्रमुख र उपप्रमुख
१.चक्रघट्टा प्रमुख कृष्ण कुमार यादव, उपप्रमुख मिनादेवी
२.बसबरिया प्रमुख रामसिंहासन राय, उपप्रमुख सरिता कुमारी
लोकतान्त्रिक समाजवादी पार्टीले जितेको पालिका, प्रमुख र उपप्रमुख
१.गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादव, उपप्रमुख अन्जना कुशवाहा