भाइरल पोष्ट, हेटौंडा ।। नेपालकै ठुलो, लोकप्रिय र सफल लघुवित्त वित्तिय संस्था मध्येको एक नाडेप लघुवित्त वित्तिय संस्थाको तेश्रो समीक्षा गोष्ठी बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ ।
देशभर ९० भन्दा बढी शाखा रहेको सो संस्थाले हेटौंडा स्थित एभोकाडो होटलमा बागमती, गण्डकी, मधेश र १ नम्बर प्रदेश गरी ४ ओटा प्रदेशका ४९ जना ब्रान्च म्यानेजरहरुको सहभागितामा साँच्चै राम्रो समीक्षा गोष्ठी आयोजना गरेको हो ।
संस्थाको बोर्ड अध्यक्ष पिताम्बर आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा संस्थाका सिईओ उपेन्द्र बहादुर कार्की र डिसिईओ शिव प्रसाद आचार्य, बोर्ड मेम्बरहरु निरज बस्नेत, हरिकृष्ण सुवेदी, सोफिया आचार्य र माधव प्रधानको उपस्थिति रहेको संस्थाको रौतहट सन्तपुर ब्रान्चका ब्रान्च म्यानेजर सन्तोष दाहालले जानकारी दिनुभयो । सन्तपुर ब्रान्चका म्यानेजर दाहालका अनुसार गोष्ठीमा नाडेप कर्मचारी युनियनका महासचिव पुरुषोत्तम आचार्यले संगठनको तर्फबाट गहकिलो भनाई राख्नुभएको थियो ।
बोर्ड मेम्बर टंक भट्टले सहजीकरण गर्नुभएकोे समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०७८÷७९ मा संस्थाले गरेको प्रगतिको समीक्षा तथा अन्तरक्रिया गरिएको थियो । सहभागि ब्रान्च मेनेजरहरुले आ–आफ्नो शाखाहरुको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।
गोष्ठीमा संस्थाका सिईओ लघुवित्त क्षेत्रका निकै अब्बल व्यक्तित्व लघुवित्तका विज्ञ समेत रहनुभएका उपेन्द्र बहादुर कार्की, डिसिईओ शिव प्रसाद आचार्यले आ–आफ्नो धाराणा राख्नुहँदै संस्थाको उन्नती प्रगतिमा ब्रान्च म्यानेजर र अन्य कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियो । उहाँहरुले संस्थाको काममा दत्तचित्त भएर लाग्न र संस्थालाई अझै सफल बनाउन समेत ब्रान्च म्यानेजरहरुलाई आग्रह गर्नुभएको थियो ।
आगामी दिनमा संस्थाका कार्यक्रमहरुलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो । सहभागि ब्रान्च मेनेजरहरुले बेलाबेलामा संस्थाले आयोजना गर्ने गोष्ठीले कर्मचारीहरुमा काम गर्न थप हौसला मिल्ने विचार व्यक्त गर्नुभएको छ ।
उनीहरुले समय समयमा संस्थाले यस्ता खालका समीक्षा गोष्ठीहरुको आयोजना गर्न संस्थालाई सुझाव समेत दिएका सन्तपुर ब्रान्चका म्यानेजर दाहालले बताउनुभयो ।
र कार्यक्रमको अन्त्यमा लघुवित्त क्षेत्रका चर्चित तथा विज्ञ व्यक्तित्व नाडेपका बोर्ड अध्यक्ष पिताम्बर आचार्यले आफ्ना महत्वपूर्ण भनाईहरु राख्दै समीक्षा गोष्ठी समापन गर्नुभएको थियो ।