भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको लालबन्दी ५ का युवा प्रमोद प्रसाद थपलिया नेपाली उपभोक्ता संरक्षण महासंघको मधेश प्रदेश संयोजकमा मनोनयन हुनुभएको छ ।
महासंघको विधान तथा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार उनी मधेश प्रदेश संयोजकमा मनोनित हुनु भएको उपभोक्ता हकहित संघ सर्लाहीका अध्यक्ष सुभाष ढुंगानाले जानकारी दिनुभयो । सर्लाही अध्यक्ष ढुंगानाका अनुसार महासंघको केन्द्रीय एसोसियट सदस्य रहनु भएका थपलियालाई प्रदेश संयोजकमा मनोनयन गरेको पत्र पठाएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउद हस्ताक्षरित पत्रमा भनिएको छ, ‘तपाईलाई यस संस्थाको मधेश प्रदेश समितिको संयोजक पदमा मनोनयन गरिएको छ । संस्थाको विधान तथा कार्यसमितिको निर्णय र भावना अनुसार एक महिनाभित्र यस संस्थाको मधेश प्रदेश अधिवेशन गराई जानकारी गराउनुहोला ।’
नेपाली उपभोक्ता संरक्षण महासंघ बजारमा नेपाली उपभोक्तालाई नकारात्मक असर पार्ने कार्यहरु विरुद्ध जनमतद्वारा खबरदारी गर्ने गराउने उदेश्यका एक वर्षअघि स्थापना भएको संस्था हो ।