भाइरल पोष्ट, कविलासी
सर्लाहीको कविलासीमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका ब्रह्मदेव राय विजयी भएका छन् भने उपप्रमुखमा पनि नेपाली काँग्रेसकै पुनम कर्ण विजयी भएकी छन् ।
ब्रह्मदेवले ६ हजार ४४४ मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिद्वन्दी जनता समाजवादी पार्टीका रामनरेश रायले ४ हजार ६६३ मत पाए । त्यस्तै उपमेयरमा काँग्रेसकी कर्णले ६ हजार ९०७ मत पाईन् भने उनको प्रतिद्वन्दी जसपाकै राधादेवीले ४ हजार ९१६ मत पाईन् ।
कविलासीमा निवर्तमान मेयर कौशल किशोर यादव भने तेश्रो भएका छन् । चुनावकै मुखमा केपी ओलीको हातबाट टिका अवीर लगाई एमाले प्रवेश गरेका यादवले चुनावमा भने ३ हजार ५१८ मत मात्रै ल्याउन सके ।