सर्लाही ।। सर्लाहीको हरिवन नगरपालिकामा अन्ततः माओवादी केन्द्र विजयी भएको छ । कडा प्रतिष्पर्धाकाबीच माओवादी केन्द्रका रमेश बुढाथोकी कमल ७ हजार २ मत ल्याएर विजयी भएका हुन् ।
जिल्लामा हरिवनको चुनावी नतिजालाई चासोको रुपमा हेरिएको थियो । कस्ले मार्ला बाजी भन्ने कौतुहलताकैबीच बुढाथोकीले जित निकालेका हुन् । उनले एमालेका उमेदवार निवर्तमान मेयर गणेश प्रसाद प्रसाईलाई १५३ मतले पछि पार्दै मेयरमा विजय हासिल गरेका हुन् ।
लोकप्रियताकै आधारमा प्रसाईले नै जित्ने धेरैले अपेक्षा गरेको भएपनि प्रसाईले जित्न सकेनन् । उनले ६ हजार ८४९ मत मात्रै ल्याए । हरिवनमा वडा नम्बर १ देखि गणना सुरु भएको थियो । सुरुका १,२,३ र ४ मा अग्रता बढाएका प्रसाईलाई त्यसपछि भने कमलले टक्कर दिँदै गएका थिए ।
कहिले कमल अगाडि त कहिले गणेश अगाडि हुने कारण नै मानिसहरुलाई यहाँको नतिजालाई लिएर निकै चासो बढेको थियो । त्यति मात्रै हैन हरिवन जिल्लाकै दोश्रो सदरमुकामकै रुपमा मानिने भएकोले यहाँको राजनीतिक परिवर्तनलाई जिल्लाभर चासो पूर्वक हेर्ने गरिएको छ ।
यता उपप्रमुमा भने हरिवनमा एमालेले बाजी मारेको छ । आफ्ना निटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सोनी कुमारी बोम्जनलाई पराजित गर्दै एमालेकी हरिमाया घलानले उपमेयरमा बाजी मारेकी हुन् । घलानले ६८५५ मत प्राप्त गरिन भने उनको प्रतिद्वन्दी सोनीले ५३ २१ मत ल्याईन् ।
त्यस्तै सर्लाहीको हरिवन नगरपालिका प्रमुखमा माओवादी केन्द्रका कमल बुढाथोकी र उपप्रमुखमा एमालेकी हरिमाया घफान विजयी भएका छन् ।
प्रमुखमा एमालेका उमेदवार निवर्तमान मेयर गणेश प्रसाईंलाई १५३ मत अन्तरले पराजित गर्दै बुढाथोकी विजयी भएका हुन । बुढाथोकीले ७ हजार २ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी एमालेका प्रसाईले ६ हजार ८४९ मत पाए ।
त्यस्तै हरिवनको अन्तिम तथा महत्वपूर्ण वडा मानिएको ११ नम्बर वडामा नेकपा एमालेका शेख मेहबुव रेजाको प्यानलै विजयी भएको छ ।

हरिवनको ३,७,८,१० मा जितेको एमालेले निर्णायक तथा महत्वपूर्ण वडा मानिएको ११ मा निवर्तमान वडा अध्यक्ष समेत रहेका रेजा भारी मतले प्यानलै विजयी भएका हुन् ।
दोश्रो कार्यकालका लागि निर्वाचित भएका रेवाले १ हजार १३३ मत ल्याएर जितेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद कार्कीले ७२७ मत पाए । त्यस्तै राप्रपाका उमेदवारले ७२७ मत ल्याउदा माओवादी केन्द्रका उमेदवारले भने ६४२ मत मात्रै ल्याएका छन् ।
यो सँगै हरिवनमा मतगणना सम्पन्न भएको छ । हरिनका ११ ओटा वडामध्ये नेकपा एमाले ५ ओटा वडामा विजयी भएको छ । त्यस्तै नेपाली काँग्रेसले ४ ओटा वडा जित्दा एकीकृत समाजवादीले २ ओटा वडा जितेको छ । माओवादीले भने यहाँ मेयरबाहेक अन्य कुनै पनि वडामा जित्न सकेन ।