साेम दियाली, सर्लाही ।। नेपाली कांग्रेसले सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पनि विजय हासिल गरेकाे छ । नेपाली कांग्रेसबाट गाउँ पालिका अध्यक्षमा रामपदार्थ साह र उपाध्यक्षमा श्यामकला देवी यादव विजयी भएका हुन्। अध्यक्षमा साहले ४ हजार ६ सय ६८ र उपाध्यक्षमा यादवले ४ हजार ६ सय १० मत ल्याएका छन् ।
अध्यक्षमा साहका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका बिनोद कुमार साहले ३ हजार २ सय ७१ मत प्राप्त गरे भने उपाध्यक्ष यादवकी निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकै गितादेवी रायले ३ हजमर ३ सय ११ मत प्राप्त गरिन् ।
त्यहाँका निर्वाचन अधिकृत केशव गौतमका गाउँपालिकाको ७ अाेटै वडा अध्यक्ष कांग्रेसले जितेको छ ।
यो सँगै सर्लाहीमा ४ पालिकाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट गोपाल पजियार, धनकौल गाउँपालिकामा रामआश्रय साह र रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट राजाबाबु यादव बिजयी भएका छन् ।
जिल्लामा कांग्रेसले जितेको पालिकाको संख्या ३ पुगेकाे छ भने माओवादी केन्द्रले जितेको पालिका सख्या १ रहेको छ । अन्य पार्टीले वडामा बाहेक पालिका जित निकाल्न सकेका छैनन् ।