भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवन ४ मा नेपाली काँग्रेसबाट केशव थापाको प्यानलै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी एकिकृत समाजवादीका किशोर मिक्चनलाई २०२ मतअन्तरले पराजित गर्दै काँग्रेस नेता थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले कुल ५६१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी मिक्चनले ३५९ मत प्राप्त गरेका छन् । सो वडामा एमाले भने तेश्रो भएको थियो । एमाले उमेदवारले ३४७ मत मात्रै प्राप्त गरेका थिए ।
त्यस्तै सो वडामा वडा सदस्यहरुमा पनि काँग्रेसको उमेदवारहरु विजयी भएका छन् । सदस्यहरुमा सूर्य बहादुर अधिकारी र रामअधिन महतो विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा मिरा मिक्चन घिसिङ्ग र दलित महिला सदस्यमा पवित्रादेवी रम्तेल विजयी भएकी छन् ।
वडा अध्यक्षमा निर्वाचित थापा स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेका उमेदवारसँग झिनो मतले पराजित भएका थिए । उनी सहयोगी समाज नामक संस्थाका अध्यक्ष समेत हुन् ।