साेम दियाली, सर्लाही।। सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएकाे छ । त्यहा गापा अध्यक्ष उपाध्यक्षसहित अधिकांश वडामा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । गापा अध्यक्षमा निवर्तमान गापा अध्यक्ष समेत रहेका रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी विजयी भएको छन् ।
गापा अध्यक्ष साहले ४,४७७ मत प्राप्त गरे भने उपाध्यक्षमा सहनीले ४,५०४ मत प्राप्त गरिन् । गाउँपालिका अध्यक्ष साहकोे निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३,३७८ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीकै उम्मेदवार निलमकुमारी देवी सहनीले ३,२२५ मत प्राप्त गरिन् ।
धनकाैल सर्लाही जिल्लाका २० पालिका मध्ये नतिजा सार्वजनिक गर्ने पहिलाे पालिका बनेकाे छ ।