भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवन ३ मा एमालेका दीपमान लोप्चन भारी मतका साथ विजयी भएका छन् । उनी ७७६ मतसहित विजयी भएका हुन् । वडा नम्बर ३ मा एमालेको पुरै प्यानलै विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी संजीव मोक्तानलाई ३०६ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । मोक्तानले ४७० मत मात्रै प्राप्त गरेका छन् ।
नव निर्वाचित वडा अध्यक्ष लोप्चन निर्वतमान वडाअध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्रबाट वडा अध्यक्षमा विजयी भएका थिए ।
उनी यस वर्ष सरकारले निर्वाचनको मिति घोषणाा गरेको केही महिनाअघि मात्रै तामझामका साथ नेकपा एमालेमा प्रवेश गरेका थिए ।