भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको लालबन्दीमा काँग्रेसले अग्रता कायम राखेको छ । विहान ५ बजेको पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसका बासुदेव अधिकारीले मेयरमा ११२२ मतसहित लिड गरिरहेका छन् । त्यस्तै ९६५ मतका साथ माओवादी केन्द्रका प्रह्लाद बुढाथोकीले अधिकारीलाई पछ्याई रहेका छन् भने एमालेका गोविन्द महत ८६८ मतका साथ तेश्रो नम्बरमा छन् ।
त्यस्तै उपमेयरमा पनि काँग्रेसकै कल्पना पाख्रिनले १०६५ मतसहित लिड गरिरहेकी छन् भने उनलाई एमालेकी संसरीमाया थिङ्गले ९०६ मतका साथ पछ्याई रहेकी छन् । माओवादीले उपमेयरमा समाजवादीका गोविन्द अधिकारीलाई समर्थन गरेको छ भने अधिकारीले उल्लेख्य मत प्राप्त गर्न सकेका छैनन् ।
लालबन्दीमा अहिलेसम्म वडा नम्बर ३ को नतिजा सार्वजनिक भइसकेको छ । वडा नम्बर ३ मा काँग्रेसका बुद्धदेव चौधरी अध्यक्षमा विजयी भइसकेका छन् । त्यहाँ काँग्रेसले दलित महिलासहित दुई वडा सदस्य पनि जितेको छ भने अन्य सदस्य एमालेले जितेको छ । त्यस्तै वडा नम्बर १ र २ को पनि अन्तिम चरणमा पुगेको छ ।