भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको लालबन्दी नगरपालिका ३ मा नेपाली काँग्रेसका बुद्धदेव चौधरी विजयी भएका छन् ।
एमालेका उमेदवारलाई २६ मतले पछि पार्दै चौधरी विजयी भएका हुन् । उनले ४९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका उमेदवारले ४७१ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा नम्बर ३ मा काँग्रेसले दलित महिला सदस्यसहित २ वटा वडा सदस्य पनि जितेको छ भने अन्यमा एमालेले जितेको छ ।