भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवन नगरपालिका १ मा नेपाली काँग्रेसमा टम बहादुर घिसिङ्ग बिजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर मगरलाई झण्डै दोब्बर मतले पराजित गर्दै घिसिङ्गको प्यानल नै विजयी भएको हो ।
घिसिङ्गले ११३० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी निवर्तमान वडा अध्यक्ष समेत रहेका मगरले ६२२ मत प्राप्त गरेका छन् ।
यस्तै सो नगरपालिकाको वडा नम्बर २ मा पनि नेपाली काँग्रेसकै अर्जुन योन्जन जित नजिक छन्। अझै केही मत गन्न बाँकी रहेकाे छ ।
हरिवन वडा नम्बर ३ मा भने पुन: गणना भईरहेकाे छ ।