भाइरल पोष्ट, हरिपूर्वा ।। मलंगवा नगरपालिकाको वडा नम्बर १ बाट विजयी सुरुवात गरेको काँग्रेसले हरिपुर्वा नगरपालिका १ मा पनि जित निकालेको छ ।
हरिपूर्वा नगरपालिका १ मा काँग्रेसका श्यामबाबु राय ३ सय ७५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टी नेपालका राकेश रायलाई २४ मतले पराजित गर्दै राय विजयी भएका हुन् । जनमतका राकेश रायले ३५१ मत प्राप्त गरेका छन् । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले दुई वटा वडामा जित दर्ता गरेको छ । यसअघि मलंगवा नगरपालिका १ मा काँग्रेसका नबलकिशोर यादव विजयी भएका छन् । नवलकिशोर रायले ४२३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका थिए ।
यसैबीच हरिपुर्वा नगरपालिकाको प्रमुखमा पनि नेपाली काँग्रेसकै उमेदवारले लिड गरेका छन् । कांग्रेसका बिनोद साहले ४७९ मतका साथ अग्रता कायम गरेका हुन् उनलाई नेकपा एमालेका उम्मेदवार जयप्रकाश यादवले ३३४ मतका साथ पछ्याई रहेका छन् । त्यस्तै त्यहाँ समाजवादी पार्टीका उम्मेदवार योग्यनारायण रायले २८१ र जनमत पार्टी नेपालका उम्मेदवार दिनेश राय यादवले २४५ मत प्राप्त गरेका छन् । अहिले पनि मतगणना जारी छ ।
हरिपूर्वामा उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार सुमिन्त्रा देवी यादवले ४१३ मतका साथ लिड गरिरहेकी छन् । उनलाई नेकपा एमालेकै अंगुरी खातुनले ३३८ मतका साथ पछ्याई रहेकी छन् । त्यस्तै उपप्रमुखमा त्यहाँ जनमत पार्टीका उम्मेदवार निलम देवी साहले ३५१ मत प्राप्त गरेकी छन् ।