भाइरल पोष्ट, हरिपूर्वा ।।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन निर्वाचन अधिकृतको कार्यालय हरिपूर्वाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
यहाँका निर्वाचन अधिकृत शंकरराज लुईंटेलले मतदानमा खटिने निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतहरु मतदान नियमावली सम्बन्धी विभिन्न ऐनहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा हरिपूर्वा नगरपालिकामा निर्वाचनका लागि खटिएका कर्मचारीहरुसहित पर्सा गाउपालिकाको निर्वाचन अधिकृत सन्तोष कुमार झाको समेत उपस्थिति रहेको थियो ।
यसैबीच, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलार्य लिएर जिल्लामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । जिल्लाका सबै स्थानीय तहका निर्वाचन अधिकृतहरुलाई मुख्य निर्वाचन कार्यलयले मतदानका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु उपलब्ध गराई सकेको छ ।
मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकासहित आवश्यक कागजात तथा मतदाता परिचयपत्र उपलब्ध गराई सम्बन्धित मतदान केन्द्रहरुमा खटाई सकेको छ ।