भाइरल पोष्ट, हरिपुर्वा ।। सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित ४ जना कर्मचारी पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत ढकालसहित प्रशासकीय अधिकृत कुमार परियार, दिपेन्द्र कुमार राय र कार्यालय सहयोगी उपेन्द्र राय रहेका छन् । प्रमुख प्रशासकीय अधिकृतको भूमिका उत्कृष्ट ढंगले निर्वाह गरेको भन्दै ढकाललाई नगद १ लाख प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको छ । त्यस्तै प्रशासकीय अधिकृत कुमार परियारलार्य नगद ४० हजार सहित प्रशंसा पत्रबाट सम्मान गरिएको छ भने नगरपालिकाका चौथो तहका कर्मचारी दिपेन्द्र कुमार रायलाई नगद ३० हजार र प्रशंसा पत्र र नगरपालिकाका कार्यलय सहयोगी उपेन्द्र रायलाई नगद २० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आइतबार नगरका जनप्रतिनिधिहरुको विदाई तथा कर्मचारीहरुलाई पुरस्कार कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुलाई सम्मान गरेको हो । समानित हुनेहरुमा सुरक्षा निकायका व्यक्तिहरु समेत रहेका छन् । हरिपुर्वा नगरपालिकामा शान्ति सुरक्षा कायम गर्न उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सशस्त्र प्रहरी बल संग्रामपुरका प्रमुख गंगाराम कार्की र हरिपूर्वा प्रहरी चौकि इन्चार्जलाई समेत सम्मान गरिएको छ । त्यस्तै ५ बर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेको भन्दै नगरपालिकाले नगरका कार्यपालिका सदस्यहरुलाई समेत सम्मान गरेको छ । त्यस्तै विदाई भएर गएका नगरप्रमुख सियाराम रायसहित विभिन्न वडाका वडाअध्यक्षहरुलाई समेत मायाको चिनो दिएर पठाइएको छ ।
नगरपालिकाकी उपप्रमुख तथा कार्यकारी मेयर चन्द्रकलादेवी सुडीको अध्यक्षता तथा निबर्तमान नगरप्रमुख सियाराम रायको प्रमुख आतिथ्यतामा विदाई तथा सम्मान कार्यक्रम सम्पन्न सम्पन्न भएको हो ।