सोम दियाली
सर्लाही,१३ वैशाख।। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी परेको छ । जिल्लाका २० वटै पालिकाका लागि आवश्यक एक हजार ४० पदका लागि उमेदवारी परेको हो ।
जिल्लामा नगर तथा गाउँपालिका प्रमुखमा ३ सय २८ जना, उपप्रमुखमा १ सय ७२ जना र वडा अध्यक्षमा १ हजार ४ सय ८४ जनाले उमेदपारी दर्ता गराएका छन् । त्यसैगरी जिल्लाका कुल २ सय वडाका लागि २ हजार ९० जना, महिला सदस्यमा १ हजार ३६ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।
पालिकागत हिसावले ईश्वरपुर नगरपालिकामा ३९० जनाको उमेदवारी परेको छ । त्यस्तै चन्द्रनगर गाउँपालिकामा २६९ जना, बरहथवा नगरपालिकामा ६२४ जना,बागमती नगरपालिकामा २०८ जना, मलंगवा नगरपालिकामा ३९९ जना, लालबन्दी नगरपालिकामा ४ सय २४ जना, हरिवन नगरपालिकामा २ सय ८७ जना, कविलासी नगरपालिकामा ३१५ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी कौडेना गाउँपालिकामा २२६ जना,चक्रघट्टा गाउँपालिकामा २४३ जना, धनकौल गाउँपालिकामा १९० जना, पर्सा गाउँपालिकामा २४१ जना, बलरा नगरपालिकामा ३९१ जना, बसबरीया गाउँपालिकामा ८४ जना, ब्रह्म्पुरी गाउँपालिकामा २३० जना, रामनगर गाउँपालिकामा २६८ जना, विष्णु गाउँपालिकामा २८६ जना, हरिपुर नगरपालिकामा २३५ र हरिपुर्वा नगरपालिकामा ३१७ जना को उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भुजेलले बताए ।
सोमवार जिल्लाका २० वटै पालिकामा विभिन्न राजनैतिक दलले साँझ अबेर सम्म मनोयन दर्ता गराएका थिए ।
यसैगरी सोमवार मुख्य राजनैतिक दलहरु सहित केहि साना राजनैतिक दलले समेत निर्वाचन आयोगले बनाएको आचारसंहिताको धज्जी उडाएका छन् ।
मनोनयन दर्ताका क्रममा निकालिएको चुनावी ¥यालीमा बालबालिको प्रयोग, विद्यालय बसको प्रयोग भएका थिए भने भारतीय नम्बर प्लेटको सवारी साधनको समेत प्रयोग भएको थियो ।