भाइरल पोष्ट, लालबन्दी ।। नेकपा एमालेको तर्फबाट लालबन्दी नगरपालिकाको मेयर पदमा नेता गोविन्द महत नै आधिकारीक उमेदवार भएका छन् ।
यसअघिका मेयर मान बहादुर खड्काले विहानै मेयरमा उमेदवारी दर्ता गराएको भएपनि नेता गोविन्द महत नै पार्टीको आधिकारीक उमदेवार भएको नेकपा एमाले मधेश प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्तले बताए ।
‘प्रदेश कमिटीले मान बहादुर खड्कालाई नै टिकट दिएको भएपनि केन्द्रले हेरफेर गरेको हुन सक्ने भन्दै केन्द्रकै निर्णय आधिकारीक हुने भएकोले गोविन्द महत नै पार्टीको आधिकारीक उमेदवार हो ।,’ प्रदेश कमिटी उपाध्यक्ष पन्तले भने ।
आधिकारीकताको विवाद टुंगिएसँगै नेता महतले दलबलसहित दिउँसो ४ बजेर ४५ मिनेटमा उमेदवारी दर्ता गराएका छन् ।