भाइरल पोष्ट, लालबन्दी ।। नेतृत्वमा राजेन्द्र लिङ्गदेन आएसँगै देशभर राप्रपा प्रति आकर्षण बढेको छ । यसैबीच सर्लाहीमा पनि राप्रपा प्रति युवाहरुको आकर्षण बढेको छ । अन्य पार्टीलाई पटक पटक हेर्दा पनि विकास र परिवर्तनको सट्टा देशमा भ्रष्टाचार मौलाएको भन्दै युवाहरु राप्रपामा लागेको हुन् ।
आसन्न चुनावमा राप्रपाले देशभर भारी बहुमतका साथ थुप्रै स्थानीय तह जित्ने आँकलन गरिएकै बेला सर्लाहीको लालबन्दीमा पनि उमेश खड्काले राप्रपाबाट मेयरमा उमेदवारी दिने भएका छन् ।
लालबन्दीवासीले आशा गरे अनुरुपको विकास नभएकोले अब आफू नै मेयर बनेर लालबन्दीको विकास गर्न चाहेको मेयरका आकांक्षी खड्काले भाइरल पोष्टसँगको कुराकानीका क्रममा बताए ।
आफूले राप्रपाबाट लालबन्दीको मेयरमा बाजी मार्ने दाबी गर्दै खड्काले जितेपछि लालबन्दीमा नगरवस सञ्चालन गरी बृद्धा र अपाङ्ग व्यक्तिलाई निःशुल्क सेवा दिने, नगरभित्र कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट निःशुल्क शिक्षा दिने, अत्यावश्यक स्वास्थ्य सेवा निःशुल्क गर्ने, कृषि सडक, बिजुलि बत्तीको ब्यबस्था गर्ने लगायतका योजना रहेको मेयर आकांक्षी खड्काले बताए । उनले देशको वैकल्पिक शक्ति भनेको राप्रपा नै भएकोले लालबन्दीबासीले आसन्न चुनावमा राप्रपालाई नै रोज्नु पर्ने बताए । उनले आफूहरुले लालबन्दीको विकासको मोडेल तयारी गर्दै गरेको जानकारी दिँदै केही दिनमै सार्वजनिक गर्ने समेत बताए ।
उनले आफूले मेयरमा उमेदवारी दिने तयारी गरिरहेको बताउँदै नगरका १७ ओटै वडाबाट वडाअध्यक्षहरु उठाउने तयारी गरिरहेको बताए । उनले छिट्टै नै राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु बोलाएर चुनावी सभा गर्ने समेत जानकारी दिए ।
स्वतन्त्र उमेदवार केसीले पनि खड्कालाई नै समर्थन गरे
लालबन्दी नगरपालिकामा स्वतन्त्रबाट मेयर पदका आकांक्षी कल्याण केसीले राप्रपाका उमेदवार उमेश खड्कालाई नै समर्थन गर्ने भएका छन् ।

लालबन्दीका शिक्षित र अब्बल युवा, कृषि तथा पशुपालनको बिज्ञ अनि देश बिदेशको कृषि क्रान्तिलाई नजिकबाट नियालेका युवा केसीले स्वतन्त्रबाट लालबन्दीको मेयरमा उमेदवारी दिने तयारी गरिरहेका थिए ।
अहिले देशको माहोल हेर्दा वैकल्पिक शक्तिको रुपमा राप्रपा नै अघि आउने र देशको आवश्यकता पनि राप्रपा नै भएकोले आफूले मेयरमा खड्कालाई नै समर्थन गर्न लागेको स्वतन्त्र मेयरका आकांक्षी केसीले बताए ।
उनले अब देशको र लालबन्दी नगरपालिकाको पनि आवश्यकता भनेकै राप्रपा भएकोले आसन्न चुनावमा राप्रपालाई भोट दिने सबैसँग अपिल समेत गरेका छन् ।